एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति ट्रम्पले ट्वीटरगर्दै प्रधानमन्त्री मोदी र खानसँग वार्ता गरेको बताएका छन् । ट्रम्पले दुई असल साथीसँग कुराकानी गरेको भन्दै व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि छलफल गरेको बताए । राष्ट्रपति ट्रम्पले कश्मीरको अवस्था तनावपूर्ण भए पनि दुवै नेतासँग भने राम्रो कुराकानी भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति ट्रम्पले केही समयअघि भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न मध्यस्थता गर्न सक्ने बताएका थिए । पाकिस्तानी प्रधानमन्त्री खान ह्वाइट हाउसमा पुगेका बेला मोदीले आफूलाई कश्मीरबारे पाकिस्तानसँग मध्यस्थता गर्न आग्रह गरेको ट्रम्पले दाबी गरेका थिए । तर, भारत सरकारले भने मोदीले यस्तो कुनै आग्रह नगरेको बताएका थिए ।