काठमाडौँ – राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारस्थित कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगमा कार्यरत नायब सुब्का करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्।


ADVERTISEMENT


उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।


ADVERTISEMENT

# # #


केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ ।

आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।