काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सके नेपाललाई सिक्किन बनाउन सक्ने अविव्यक्ति दिएका छन् ।


ADVERTISEMENT


संघीय संसद, प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा बोल्दै सांसद गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने सावधानीमूलक चेतावनी दिएका हुन् । बैठकमा सांसद गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफफल भएको थियो । जसक्रममा बोल्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘हाम्रो सबैभन्दा ठूलो विफलता भनेको कुटनीतिक विफलता हो । साधान अत्यन्त सानो हुन्छ, बोली अन्यन्त ठूलो हुन्छ । ’ उनले भने, ‘एकदम सही कुरो, हिन्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो स सकेको दिन भुटान बनाउँछ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।