एजेन्सी – भर्खरै ट्रेलर रिलिज गरिएको बलिउड फिल्म ‘साहो’का स्टार प्रभास र बाहुवलीकी अभिनेत्री अनुष्का सेट्टीलाई प्रेमीप्रमिका भनेर हल्ला फिजाइएको छ । तर, उनीहरु भने त्यो स्वीकार्न तयार छैनन् ।


ADVERTISEMENT


‘मुम्बई मिरोर’को रिपोर्ट अनुसार सम्बन्धमा रहेको अस्वीकार गर्ने यी दुई स्टार अमेरिकाको लसएन्जलसमा भने घर खोजिरहेका छन् । रिपोर्टमा भनिएको छ, ‘गएको हप्ता प्रभासले अनुष्काको लागि ‘साहो’ को एक विशेष स्क्रीनिङ आयोजना गरेका थिए ।’ बाहुबलीका दुईवटा सिक्वेलका साथै यो जोडीले मिर्ची, र ‘बिल्ला’ समेत संगै काम गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रभासले उनको परिवारले अमेरिकाका एक व्यवसायीकी छोरीसंग यही वर्ष विवाह गर्दैछन् भन्ने हल्ला पनि बजारमा फैलिएको छ ।

प्रभासलाई सञ्चारकर्मीले अनुष्कासंग डेट गरिरहेका छौँ भनेर सोध्दा उनले तुरुन्त ‘होइन’ भनेका थिए । ‘यदि कुनै दुई व्यक्ति केही वर्षसम्म संगै काम गर्छन् भने उनीहरु निश्चित रुपमा एक अर्कासंग जोडिएका हुन्छन् । तर, म अनुष्कासंग डेट गरिरहेको छैन’ उनले भनेका थिए ।

अनुष्काले पनि प्रभास एक मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिँदै आएकी छन् ।