काठमाडौँ – एनआईसी एशिया बैंक र बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटल प्रा.लिबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।