दाङ– दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा टापुमा फसेकी एक बालिकाको सुरक्षाकर्मीको टोलीले उद्दार गरेको छ ।
राप्ती नदीको भेलमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा फसेकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी १३ वर्षीया बालिका रेजिना खड्कालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक नजिकै राप्ती नदीमा भाई शिशिर खड्कासंगै दाउरा संकलन गर्ने क्रममा नदीमा भेल बढेपछि बीचमा बीच टापुमा फस्न पुगेकी थिईन् ।
नदीको बीच टापुमा फसेको स्थानीयले प्रहरीलाई खबर गरेपछि ज्वाला माई गण भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले रेस्क्युबोटको सहायताबाट शुक्रबार तत्कालैं उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिइन् ।
बिहान ८ बजेतिर नदीमा पुगेकी बालिका १० बजेतिर एकाएक बाढी आएपछि नदीको बीच टापुमा फसेपछि पौने ११ बजेतिर सुरक्षाकर्मीको टोलीले उनलाई उद्धार गरेको हो ।