काठमाडौँ – इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटको बालुवाटारमा रहेको डाटा सेन्टरमा आगलागी भएपछि अवरुद्ध बनेको कम्पनीका ग्राहकको सेवा सुचारु भएको छ ।


ADVERTISEMENT


बिहीबार अपरान्ह कम्पनीले प्रेस विज्ञप्ती निकाल्दै आवरुद्ध बनेका आफ्ना ९० प्रतिशत ग्राहकको सेवा सुचारु भएको जानकारी दिएको हो । बुधबार दिउँसो आगलागीबाट ठूलो रुपमा भौतिक क्षति भएकाले अधिकांश ग्राहकको सेवा अवरुद्ध भएको थियो ।


ADVERTISEMENT

# # #


आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि घन्टा भित्र नै थापाथलीस्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहिहरुको सेवा सुचारु गराउन सफल भएको कम्पनीले जनाएको छ । यही वैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात अहिलेसम्म करिब ९० प्रतिशत सेवा ग्राहीहरुको सेवा सुचारु भएको सुबिसुले जनाएको छ ।

कम्पनीले वि.स. २०७२ सालको भुकम्प पश्चात ‘डाटा रिकभरि सेन्टर’को आवश्यक्तालाई महसुस गरि सोहि अनुरुप थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरेको थियो । क्षति ग्रस्त बालुवाटारको डाटा सेन्टरबाट आवद्व केहि सेवाग्राहीहरुको अवरुद्व सेवा सुचारु गर्न गरिरहेको र एक दुई दिन भित्रै सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।