काठमाडौँ – मलेसियामा जारी यू–१९ को पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङले नेपाललाई ९६ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मंगलबार मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको हो । उसका लागि कप्तान अदित गोरवाराले सर्वाधिक २४ रन बनाए । तेस्रो विकेटका लागि कल्हान मार्क चल्लुसंग २९ रनको साझेदारी गरेका ७१ बलमा ४ चौका लगाए । यस्तै कल्हानलले ३८ बलमा १९ रन जोडे ।


ADVERTISEMENT

# # #


त्यसक्रममा उनले २ चौका र एक छक्का प्रहार गरे । यस्तै रौनक कपुरले ३७ बलमा २ चौकाको मदतमा १२ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालको उत्कृष्ट बलिङ सामू हङकङका ब्याट्सम्यान निरीह साबित भए । हङकङले खाता खोल्न नपाउँदै सुरुवाती दुई विकेट गुमाएको थियो । नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा ५ मेडेन राख्दै १८ रन दिएर ५  विकेट चट्काए । तर, उनले अन्तिम ओभरमा १० रन खर्चिए ।

पहिलो ओभरमै बलिङमा आएका सागरले नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा हङकङका सुरुवात पाँच ब्याट्सम्यानलाई धरापमा पारेका थिए । यस्तै कमल सिंह ऐरीले तीन विकेट लिए । उनले ८ ओभरमा २ मेडेन राख्दै २३ रन खर्चिए ।

यस्तै तिलक राज भण्डारी र कुशल मल्लले समान १-१ विकेट लिए । तिलकले ४ ओभरमा १२ रन दिए भने कुशल निकै कञ्जुस साबित भए । कुशलले ८.१ ओभरमा ५ मेडेन राख्दै मात्र ४ रन दिए ।

उपाधी विजेता टोली आगामी अगस्टमा श्रीलंकामा हुने यू–१९ एशिया कपका लागि छनोट हुनेछ । जहाँ आयोजक श्रीलंकासहित भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान रहेका छन् । यस्तै एशिया पश्चिम क्षेत्रबाट युएई र कुवेत छनोट भएका छन् ।