काठमाडौँ – प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसद बैठक अवरुद्ध गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा गुहमन्त्री रामकबहादुर थापा बादलले सप्तरी घटनाबारे दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाले बैठक अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठक अवरोध भएपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको थियो ।

त्यही घटनाको विरोध गदैै सडकमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिने क्रमममा स्थानीय सरोजनारायण यादवको प्रहरीको गाली लागरेर मृत्यु भएको थियो ।

गृहमन्त्री थापाले हवाई फायरमै उनको निधन भएको जवाफ दिए । जुन कांग्रेस र राजपालाई मन परेन ।

बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भीड नियन्त्रण लिने नाममा शान्तिपूर्ण धर्नामा बसेका जनतामाथि गोली चलाएको र त्यो पनि सामान्य नभई युद्धका बेला प्रयोग हुने एसएलआरबाट गोली चलाएको भन्दै आपत्ति जनाए । उनले घटनाको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म बैठक अगाडि बढ्न नसक्ने बताए ।

खाणको मागमा सभामुख कृष्ण बहादुर महराले संसदमा सबै दलसंग आवश्यक परामर्श गरेर अगाडि बढाउने भन्दै उभिएका सांसदलाई बस्न अनुरोध गरे । तर, कांग्रेस र राजपाका सांसद बस्न नमानेपछि समामुख महराले बैठक १५ मिनेटको लागि स्थगित गरे ।