काठमाडौँ – एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एशिया कपको छनोटको पूर्वी क्षेत्रको उपाधीका लागि नेपाल र हङकङ भिड्ने भएका छन् ।


ADVERTISEMENT


मंगलबार मलेसियाको किनरारा ओभल मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे नेपाल र हङकङ मैदान उत्रिँदैछन् । उपाधी जितेर नेपाल लगातार एशिया कपमा स्थान बनाउने दाउमा रहेको छ भने हङकङ पनि विजेता बनेर एशिया कपमा छनोट हुन चाहन्छ ।


ADVERTISEMENT

# # #


समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । सोमबार समूह ‘बी’ को उपविजेता आयोजक राष्ट्र मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो । यस्तै समूह ‘बी’को विजेता हङकङले समूह ए को उपविजेता सिंगापुरलाई डीएल मेथडमा ५१ रनले पराजित गर्दै फाइनल पुगेको हो ।

उपाधी विजेता टोली आगामी अगस्टमा श्रीलंकामा हुने यू–१९ एशिया कपका लागि छनोट हुनेछ । जहाँ आयोजक श्रीलंकासहित भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान रहेका छन् । यस्तै एशिया पश्चिम क्षेत्रबाट युएई र कुवेत छनोट भएका छन् ।