काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । उनी गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ–ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् ।


ADVERTISEMENT


जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् ।


ADVERTISEMENT

# # #


भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो !भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।

हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । सोही मेसो पारेर भट्टराई पनि रोपाई गर्न गाउँ पुगेका हुन् ।