काठमाडौँ – जारी विश्वकपमा आयोजक राष्ट्र इङ्ल्याण्डले भारतविरुद्ध टस जितेर ब्याटिटिङ रोजेको छ । इङ्ल्याण्डका लागि सेमिफाइनल पुग्न भारत विरुद्धको खेल महत्वपूर्ण खेल रहेको छ । यो खेलमा जित ननिकालेमा उसको विश्वकप यात्रा टुंगिने सम्भावना रहेकोले इङ्ल्याण्ड लगभग ‘गर या मर’को अवस्थामा रहेको छ ।


ADVERTISEMENT


यस्तै भारतलाई पनि सेमिफाइनलमा स्थान बनाउन एउटा जितको आवश्यकता छ । तर, उसंग इङ्ल्याण्डगरी तीन खेल खेल्न बाँकी छन् । त्यसकारण भारत केही सहज अवस्थामा छ ।


ADVERTISEMENT

# # #


विजय शंकरको ठाउँमा रिसभ पन्त

भारतीय टिममा युवा खेलाडी रिसभ पन्तले इङ्ल्याण्डविरुद्ध मौका पाएका छन् । सुरुवाती विश्वकप टिममा नपरेका रिसभ विश्वकपमा डेब्यू गर्दैछन् ।

भारतीय टिममा आपनर शिखर धवन औँलाको चोटका कारण विश्वकपबाट बाहिरिएपछि चार नम्बरमा खेलिरकेका लोकश राहुल पछिल्ला खेलमा ओपनिङ गरिरहेका छन् । उनको चार नम्बरको स्थानमा विजय शंकरलाई खेलाइयो । तर निरन्तर राम्रो प्रदर्शन गर्न नसक्दा आज परिवर्तन गरेर रिसभ पन्तलाई ल्याइएको हो ।