काठमाडौँ – प्रभु बैंकले कैलालीको टीकापुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले शुक्रबार टिकापुर नगरपालिका वडा नं.१मा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको टीकापुर नगरपालिका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका छन् । उद्घाटनपछि नगरपालिका प्रमुख रावलले प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टीकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।


ADVERTISEMENT

# # #


शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । टीकापुर शाखा समेत गरी बैँकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको टिकापुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।