काठमाडौं – प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक स्थगित भएको हो ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो ।