काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले विभेदकारी र संघियतालाई असफल पार्ने गरी बजेट आएको आएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’


ADVERTISEMENT

# # #


संघियतालाई लगौँटी लगाइदिने काम गरेको भन्दै बजेटको विरोध गरे । ‘न अधिकार छ, न बजेट छ, न नियम कान्न छ, न त कर्मचारी छन् । हामीले यस्तो संघियता मागेका होइनौँ’ उनले भने । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका योजनाबाहेक अन्य सबै अधिकार प्रदेश सरकारलाई दिइनु पर्ने उनको धारणा थियो ।

सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे । ‘संसदहरु चुनावमा जाँदा धर्मशाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपछि दिनुपर्यो भन्छ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको बताए ।

समावेशी नहुने गरी निकालेको विज्ञापन तुरुन्त बन्द गर्नुपर्छ । अन्यथा लहरो तान्दा पहरो जान्छ ।’ उनले भने, ‘दादा गिरी नगर्नुस्, केपी ओली मार्का प्रवृत्ति छोड्नुस् ।’सुशासन, अधिकार, न्याय र समृद्धिका लागि फेरि लडाईँ लड्नुपर्ने हो कि भन्ने शंका पैदा भएको उनले बताए ।