काठमाडौँ – गृह मन्त्रालयले मंगलबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले अर्जुन प्रसाद पोखरेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा गरेको छ ।


ADVERTISEMENT


रुपन्देहीका उदय बहादुर रानामगर जिल्ला प्रशासन काभ्रे सरुवा भएका छन् । गोरखाका गजेन्द्र बहादु श्रेष्ठको कपिलवस्तु सरुवा गरिएको छ भने देवेन्द्र लामिछानेलाई गोरखाको का.मु. सीडीओको रुपमा जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT

# # #


८ जना उप–सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भु प्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम सरुवा गरिएको छ ।

मन्त्रालयले सह–सचिव र उप–सचिव समेत गरी कुल २६ जना कर्मचारीको सरुवा गरेको छ ।