काठमाडौँ – प्रभु बैंकले अछामको साँफेबगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले साँफेबगर नगरपालिका वडा नं. ३ मा शुक्रबारदेखि शाखाको कामकारबाही सुरु गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मेयर कुँवरले प्रभु बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग सेवा दिइरहेको भन्दै प्रशंसा गरे । उनले साँफेबगरमा बैंकको शाखा कार्यालय सञ्चालनमा ल्याएकोका धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


आजदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने बैँकको विश्वास रहेको छ ।