काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो ।


ADVERTISEMENT


पटवाललाई एक वर्षसम्मका लागि नियुक्त गरिएको हो । पटवालसंग राखेपले सम्झौता गर्ने बताइएको छ । स्रोतका अनुसार उनले मासिक ७ लाख रुपैयाँ लिनेछन् । यसअघि सन् २०१८ मा जिम्मावेमा भएको विश्वकप क्वालिफायर्सदेखि नै नेपाली टिमको ब्याटिङ परामर्शदाताको भूमिका निभाउँदै आएका पटुवाल भारतका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तैएभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा रहेका थिए । उनी अफगानिस्तान क्रिकेट टिमका समिेत प्रशिक्षक रहिसकेका छन्

यसअघि पुवुदु दासानाइकेसँगको सम्झौता सकिएपछि जगत टमाटाले नेपाली राष्ट्रिय टोली सम्हालेका छन् ।