एजेन्सी– सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएको छ । उनको मृत्युसँगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या ९ दिनभित्रै १० पुगेको छ ।


ADVERTISEMENT


रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन हो । पछिल्लो समयमा चढ्ने र ओर्लनेहरुको संख्यामा अत्यधिक वृद्धि भएकाले मृत्युको घटना बढिरहेको स्थानीय गाइड बताउँछन् ।


ADVERTISEMENT

# # #


अनुभवी आरोही छिरिङ जाङ्बु शेर्पाले भने, ‘मैले थुप्रै पटक सगरमाथा आरोहण गरेको छु तर यसवर्षको वसन्त ऋतुको ट्राफिक जाम सबैभन्दा खतरनाक थियो,’ उनले न्यूयोर्क टाइम्सलाई भने ।

‘अक्सिजनका अतिरिक्त बोतल नबोकेकाहरुलाई सबैभन्दा समस्या हुनेगर्छ,’ उनले भने । ‘उनीहरुको ट्राफिक जामका कारण मृत्यु भयो, हावा र चिसोका कारण होइन,’ उनले भने ।

हाइकिङ अधिकारीले धेरैजसो आरोहीको मृत्यु कमजोरी, थकान र रुटमा अत्यधिक जामका कारण हुने गरेको बताएका छन् ।