एजेन्सी – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दाबेदार भारत विश्वकपको तयारीमा लागि खेलिएको खेलमा न्युजिल्यान्डसँग लज्जास्पद हार खेपेको छ । शनिबार अबेर सम्पन्न खेलमा भारत न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


भारतले दिएको एक सय ८० रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३७।१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।


ADVERTISEMENT

# # #


न्युजिल्यान्डको जितमा रोस टेलरले सर्वाधिक ७१ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन जोडे । मार्टिन गुप्टिलले २२ रन बनाएका थिए । बलिङमा भारतका जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९।२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाए । हार्दिक पाण्डयाले ३०, कुलदिप यादवले १९, कप्तान विराट कोहली १८ र महेन्द्र सिंह धोनीले १७ रन बनाएका थिए ।

भारतलाई सस्तोमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार विकेट लिए । जेम्स निशमले तीन विकेट झारेका थिए । टिम साउदी, लोकी फग्र्युसन र कोलिन डी ग्रान्ड होमले एक एक विकेट लिए ।