नुवाकोट – मिलाप फाउण्डेसनले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको हो ।


ADVERTISEMENT


अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका छन् ।


ADVERTISEMENT

# # #


अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र डा. एञ्जिला मालाकारले नुवाकोटको दुर्गम ठाउँमा आएर सेव प्रदान गर्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिए । स्वास्थ्य परिक्षणमा बिरामीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

फाउण्डेसनले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको अध्यक्ष गीता अधिकारीले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताइन् ।

वडा नं. ७ का वडाअध्यक्षले मिलापले आफ्नो ठाउँमा आएर निःशुल्क शिविर बाट यहाँका जनतालाई प्रत्यक्ष सहयोग पुर्याएकोमा धन्यवाद दिए । त्यस्तै बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि।का मुकुन्द घिमिरेले साथ सहयोगका लागि सबैलाई धन्यवाद दिए ।