काठमाडौँ – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले छैठौ वार्षिकोत्सव मनाएको छ । संस्थाले सुनसरीको दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठानको भवनमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।


ADVERTISEMENT


यस लघुवित्तले विपन्न परिवारका दुई लाख ५० भन्दा बढी नेपाली महिलाहरुलाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट उनीहरुको जीवन स्तर उकास्न योगदान दिइरहेको छ । यस संस्थाका संस्थापक अध्यक्ष भगवती चौधरीले वित्तीय संस्थाको छैठौ बार्षिकोत्सव समारोहको सफलताको कामना गरिन् ।


ADVERTISEMENT

# # #


उनले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जानकारी दिइन् । यस्तै प्रमुख अतिथि समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकट क्षेत्रहरुमा समेत फरवार्ड लघुवित्तले वित्तीय सेवा पुर्याएकोमा प्रशंसा गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले वित्तीय संस्थाले २०७६ बैशाख मसान्तसम्म ३७ जिल्लाका १२१ शाखा कार्यालयमार्फत् २ लाख ४३ हजार २ सय ३८ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको बताए । यस्तै उनले १ लाख ४७ हजार २ सय ५० जना ऋणी सदस्यसँग रु. ९ अर्ब ९९ करोड लगानीमा रहेको बताए । वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट रु.४ अर्ब ४१ करोड बचत सङ्कलन गरेको जानकारी गराउनु भएको थियो । यस वित्तिय संस्थामा ७४४ जना कर्मचारीहरु कार्यरत रहेको समेत उनको भनाइ थियो ।

समारोहको अवसरमा समाजिक क्षेत्रमा उल्लेख्नीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।