काठमाडौँ – प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको शुक्रबार रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उद्घाटनका क्रममा थापाले सेवाग्राहीलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए ।


ADVERTISEMENT

# # #


बैँकको उक्त एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ बैँकको विश्वास छ ।