काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न नमिल्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा कानुनी शासन हुने पनि बताएका हुन् । उनले लोकतन्त्रका नाममा सरकारले अराजकता मच्चाउन नदिने भन्दै सरकार, नागरिक र पार्टीहरुले पनि संविधानको पालना गर्नुपर्ने दायित्व बिर्सन नमिल्ने बताए ।


ADVERTISEMENT

# # #


उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको भन्दै देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको बताए ।

‘जनताको आन्दोलन देख्न नरुचाउने शक्तिहरुले एकता भत्काउन लागेका छन् । सरकार र नेकपा लोकतन्त्र, समुन्नत र अनुशासित समाजको पक्षमा हिँडिरहेको बेला अराजक र असभ्य समाज बनाउने प्रयास देश–विदेशबाट भइरहेपनि त्यो षड्यन्त्र सफल हुन नदिने दावी गरे । ‘प्रतिकृयावादी शक्ति सफल हुने छैनन । पार्टी एकताबद्ध छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट आएको सम्बोधनमार्फत आएको नीति तथा कार्यक्रममा काँग्रेसले शब्दलाई लिएर अनावाश्यक टिप्पणी गरेको बताए । ‘आलोचना गर्ने ठाउँ नभेटेपछि आलोचना भएको छ । राष्ट्रपतिले मेरो सरकार नभनेर कस्को भन्ने ? कसको प्रतिवेदन पढ्ने ? त्यस कुरालाई अचम्म ढंगले भ्रम फैलाइएको छ,’ उनको भनाइ थियो ।

‘कुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रै मात्र छ भन्नुहुँदैन । भारतमा पनि त्यस्तै राष्ट्रपति संस्था रहेको छ र सम्बोधन गर्ने प्रचलन छ । तर यहाँ बहुतै स्याल हुइँया मच्चाइयो । बुद्धिजीवी पनि यसमा कुदे,’ ओलीले भने ।

उनले काँग्रेस आफु जेठो र पुरानो पार्टी भनेर दावी गर्ने गरेपनि अन्तर्राष्ट्रिय प्रचलन समेत नबुझेको देख्दा आफुलाई अचम्म लागेको बताए । ‘काँग्रेसले यो कुरा नबुझेर राजनीति गरेको देख्दा अचम्म लाग्छ । यो गणतान्त्रात्मक प्रणालीको विरोध हो, राष्ट्रपतिको होइन,’ प्रधामन्त्रीको भनाइ थियो । उनले यसबारे सजग हुन जरुरी जनता र नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

‘हामी बहुमतका साथ सरकारमा छौँ तर बहुमत कतिलाई पचेको छैन । अर्को पटक नेकपाको एकल दुई तिहाइ पुग्छ । नेताहरु धन कमाउन कुदेका छैनन् । मेरो ध्यान भ्रष्टाचार नगर्ने र गर्न नदिनेमा छ,’ प्रधानमन्त्रीले सरकार देश र लोकतन्त्रको पक्षमा दृढ रहेको भन्दै सामाजिक न्याय र समानताको पक्षमा अविचलित रहने बताए ।

पार्टी एकताबारे बौल्दै प्रम ओलीले चित्त नदुखाइ फराकिलो मन बनायर पार्टी एकतालाई मजबुत बनाउनु पर्ने जिकिर गरे । ‘अब केही दिनमा बाँकी काम टुङ्गिन्छन् । हामी महान अभियानमा छौँ । सरकार जनताको चाहना अनुरुप अगाडि बढेको छ,’ उनले भने ।

वालुवाटारको जग्गा प्रकरणबारे बोल्दै प्रम ओलीले यो सरकारले छानविन शुरु गरे पनि आफूहरुलाई उल्टै आरोप लगाएकोमा असन्तुष्टि प्रकट गरे । ‘सुन तस्करी नियन्त्रण गर्यो फेरि पनि हमला हाम्रा विरुद्ध छ,’ उनले भने ।

उनले अर्को पटक नेकपाले सिङ्गो दुई तिहाइ ल्याउने ठोकुवा गरे ।