काठमाडौँ – कामना सेवा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले झलुङ्गेमा सोमबार आफ्नो ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुरुवात गरेका थिए । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी दिँदै व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।