काठमाडौँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्रले एभिन्युज टेलिभिजनमा दिएको अन्तर्वार्तालाई लिएर समाजवादी पार्टीले मुख खोलेको छ । पार्टीका अध्यक्षसमेत रहेका यादवले आइतबार राती एभिन्यूज टेलिभिजनमा अन्तवार्ता दिएका थिए ।


ADVERTISEMENT


अन्तर्वार्ता दिँदै गर्दा उनी प्रस्तोतालाई प्रश्न सोध्ने तरिका मिलेन भन्दै बीचमै छाडेर निस्किएका थिए । सो भिडियो भाइरल बनेपछि समाजवादी पार्टीले ध्यानाकर्षण जनाएको हो ।


ADVERTISEMENT

# # #


पार्टीका उपमहासचिव प्रकाश अधिकारीले सोमबार एक विज्ञप्ती जारी गर्दै यावदमाथि अभद्र व्यवहार भएको बताएको हो । ‘एभिन्यूज टेलिभिजनमा लाइभ अन्तर्वार्ताका क्रममा पत्रकार आचारसंहिता विपरित सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवम् पूर्वाग्रही प्रवृत्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारिता जगतको मानमर्दन हुने गरी अपमानजनक एवम् वद्नियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्र्यवहारको घोर निन्दा गर्दछौँ ।’

यस्तै पार्टीले अन्तर्वार्तालाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । सोमबार यही विषयलाई लिएर समाजवादी पार्टीका कार्यकर्ताले एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड गरेका थिए ।

प्रेस स्वतन्त्रतालाई पार्टी र नेतृत्वले सँधैँ सम्मान गर्ने भन्दै गलत प्रवृत्तिलाई नियन्त्रण गर्न माग गरेको छ ।