काठमाडौँ – नेपाल प्रेस युनियनले सरकारका प्रवक्त एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाका देशभर हुने सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने भएको छ ।  सञ्चार माध्यमलाई नियमन गर्न भन्दै संसदमा पुगेको ‘नेपाल मिडिया काउन्सिल ऐन २०७५’ को विधेयकको विरोध गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको सचिवालयको बैठकले मिडियालाई नियन्त्रण गर्ने नियत राखेर सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयककाविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकोविरुद्धमा गर्न खोजिएको ‘कू’ गर्न खोजिएको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यस्ता छन् बैठकका निर्णयहरु

१. मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।

२ .मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने । काठमाडौ उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने । काठमाडौ उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।

३. मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तर्क्रिया गर्ने । उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने ।

४. मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकार बिरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने । काठमाडौ उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागिहुन निर्देशन दिने । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागि हुन अपिल गर्ने ।

५. प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरुले गरेका सबै कार्यक्रमहरुमा सकृय सहभागिताको लागि देश भित्र र बाहिर रहेका सबै सदस्यहरुलाई निर्देशन गर्ने ।