काठमाडौँ – १२ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) को उपाधी मुम्बई इण्डियन्सले जितेको छ । फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै चौथो पटक उपाधी उचालेको हो ।


ADVERTISEMENT


हैदरावादको राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गर्‍यो । सय ५० रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ८० रन बनाए । ५९ बलमा उनले ४ छक्का र ८ चौका प्रहार गरे । यस्तै फाफ डु प्लेसिसले २६ रन हान्दा डायन ब्राभो १५ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

मुम्बईलाई जित दिलाउने क्रममा जस्प्रित बुम्राहले २ विकेट लिए । लासिथ मालिङ्गा, हार्दिक पाण्ड्या र राहुल चहारका नाममा समान १/१ विकेट रह्यो ।

यसअघि मुम्बईका लागि पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । कुइटोन डी कोस्टले २८ रन जोड्दा इसन किशनले २३ तथा कप्तान रोहित शर्मा र सूर्य कुमार यादवले समान १५/१५ रन जोड्न सफल भए ।

बलिङतर्फ चेन्‍नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान २/२ विकेट लिए ।