काठमाडौं – नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले “बजाज एक्सचेन्ज सँगै अप्ग्रेड” अफर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन् जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि रु १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।