काठमाडौँ –  सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले दोस्रो संस्करणको ‘सुविसु कन्क्लेब’ आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


‘सुविसु कन्क्लेब’ सुचना, सञ्चार तथा प्रविधिसगं सम्बन्धित विभिन्न समय सापेक्ष विषयहरु मा छलफल गरीने कार्यक्रम हो । इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीसंग सम्बन्धित विभिन्न विषयहरुमा उक्त क्षेत्रका विज्ञहरुले यस कार्याशाला गोष्ठिमा आफ्नो धारण प्रस्तुत गर्ने सुबिसुले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ब्लकचेन टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी, क्युओएस अफ इन्टरनेट, टेक्नोलोजी फर सेक्युयर्ड सोसाइटी, आइओटी विथ एआई, फ्युचर अफ डाटासेन्टर लगायतका विषयामा छलफल हुनेछ ।
त्यस्तै कार्यक्रममा म्यागासिस पुरस्कार तथा इन्टरनेट हल अफ फेम विजे डा.महावीर पुनको समेत विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रममा टाटा कोम, नोकिया, टिको र्याडवेयर, भर्टिभजस्ता प्रख्यातप्राप्त आइट कम्पनीका विज्ञहरुले माथि उल्लेखित विभिन्न विषयमा आफ्नो प्रस्तुती दिनेछन् ।