काठमाडौँ – आगामी वर्ष १ हजार मेगावाट विद्युत उत्पादन गरिने सरकारले जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् । आम नेपालीको स्वामित्व हुने गरी विद्युत आयोजनामा लगानी जुटाइ ३ हजार ५ सय मेगावाट उत्पादन गरिने सरकारको योजना छ ।


ADVERTISEMENT

# # #


सबै नेपालीको घरमा विजुली पुर्‍याइने सरकारले जनाएको छ । विद्युतीय सवारी साधन प्रोत्साहन गरिने, काठमाडौं उपत्यका र ठूला सहरमा सरकार र निजी क्षेत्रको सहभागीतामा विद्युतीय सवारी साधन चलाउने सरकारको योजना छ ।

सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने

– चार वर्षमा सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक

– नेपालीको आफ्नै पानीजहाजबाट यात्रा गर्ने चाहना छिट्टै पूरा हुने