काठमाडौँ – सरकारले नेपालीको आफ्नै पानीजहाज यात्रा गर्ने चाहना छिट्टै पूरा हुने जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् । जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालनमा ल्याइने सरकारको भनाइ छ ।


ADVERTISEMENT

# # #


सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने

– चार वर्षमा सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक