काठमाडौँ – सरकारले चार वर्षमा सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक पुर्याउने घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् । मदन भण्डारी राजमार्ग निर्माणमा तिब्रता दिइने, सरकारले बनाउने सबै सडक कम्तीमा दुई लेनको हुने उनले बताइन् ।


ADVERTISEMENT

# # #


आगामी वर्षभित्र विराटनगरसम्म रेल सञ्चालन गर्ने, काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेल मार्गले जोड्न २ वर्षभित्र निर्माण कार्य सुरु गरिने सरकारको योजना छ ।

सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने