काठमाडौँ– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रामेछापको लिखु गाउँपालिका-७ खिम्तीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।


ADVERTISEMENT


बाढीको पीडामा परेका जनतालाई मल्हम लगाउन राहत लिएर अनेरास्ववियु केन्द्रिय टोलिसहित आज पीडितको घरदैलोमा पुगेको हो । अनेरास्ववियुले ४० थान त्रिपाल, ३० बोरा चामल, ४५ बोरा चिउरा, ३० वटा ब्ल्याङ्केट, ६० कार्टुन चाउचाउ पीडित परिवारलाई वितरण गरेको छ । करिब १० लाख बराबरको राहत वितरण गरेको अध्यक्ष नविना लामाले हिमालयपोष्टलाई बताइन् ।


ADVERTISEMENT

# # #


अनेरास्वियुले आफ्नै कोषबाट राहत सामाग्री वितरण गरेको र चामल र त्रिपाल अन्य संस्थाबाट उपलब्ध भएको अध्यक्ष लामाले जानकारी दिइन् ।

रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा गत शनिबार राति आएको बाढीले बगाएर २ जनाको ज्यान गएको थियो भने ५ जना वेपत्ता भएका छन् । बाढीले ५ परिवारलाई घरबार विहीन बनाएको छ भने बिजुली बत्ती समेत बन्द भएको छ ।

अनेरास्वियुले सप्तरीका बाढीपीडितलाई पनि केही समय पहिले राहत वितरण गरेको थियो ।