ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री एवम् तत्कालीन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको उनको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा,अन्तर्राष्ट्रिय सम्बन्ध,कानुनी राज सुरु गर्नुभयो ” प्रधानमन्त्री ओलीले भने “वहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए। “वहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन” उनले भने “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान गर्यौँ र राजतन्त्र सदाका लागि विदा गर्यौँ ।”

उनले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । “वहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौं ” प्रधानमन्त्री ओलीले भने ।