बाँके – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैँठकले नवौं खेलकुद गण्डकीमा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।