काठमाडौँ – धादिङ केन्द्रबिन्दु बनाएर फेरि पनि भूकम्प गएको छ । धादिङको नौबिसे आसपास केन्द्रबिन्दु बनाएर अपरान्ह ३ बजेर ५ मिनेटमा ३.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


ADVERTISEMENT


भूकम्पको धक्का काठमाडौँमा पनि महसुश गरिएको छ । यसअघि आजै बिहान ६ः३० र ६ ४० मा क्रमश ५.२ र दोश्रो ४.३ रेक्टर स्केलका दुईवटा भूकम्प गएका थिए । जसको केन्द्रबिन्दु पनि धादिङ नौबिसे नै रहेको छ ।


ADVERTISEMENT

# # #


वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी तीनवटा पराकम्प गएका हुन् ।