काठमाडौं – इङल्याण्ड र वेल्समा आगामी जुलाईदेखि सुरु हुने एकदिवशीय विश्वकप क्रिकेट खेल्ने बंगलादेशी टिम घोषणा भएको छ । १५ खेलाडीमा एकदिवसीयमा डेब्यू गर्न बाँकी नै रहेका अबु जाभेदसमेत परेका छन् ।


ADVERTISEMENT


गएको महिना न्युजिल्याण्डसँगको टेस्टमा स्वीङ बलिङमा राम्रो प्रभाव पारेकाले जाभेदलाई टिममा राखिएको विश्वास गरिएको छ । यस्तै एसिया कप २०१८ मा खेलेका मध्यक्रमका ब्याट्सम्यान मोसद्देक हुसैन पनि टिममा फर्किएका छन् ।


ADVERTISEMENT

# # #


मसरफी मोतार्जाको कप्तानीमा रहेको टिममा लिटन दास, मोहम्मद मिथुन, मुसफिकर रहिम, महमुदुल्लाह, सकिब अल हसन, तमिम इकवाल, सौम्य सरकार, मोहम्मद सैफुदिन, अबु जायद, मुस्तफिजुर रहमान, रुबेल हुसैन, मेहदी हसन मिराज, सब्बीर रहमान र मोसद्देक हुसैन रहेका छन् ।