काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ ।


ADVERTISEMENT


सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #


बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउँन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउने बैँकले जनाएको छ ।