काठमाडौँ – अष्ट्रेलिया क्रिकेटले आगामी जुन महिनामा इङल्याण्ड र वेल्समा हुने एकदिवशीय क्रिकेट विश्वकपका लागि नयाँ जर्शी सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको जर्सीमा मुख्यगरी पहेँलो रंङ रहेको छ भने अलिकति फिक्का हरियो रङ पनि रहेको छ । जुन टिसर्ट र पेन्टको किनाराका साथै टिसर्टको कलरमा पनि उक्त रङ रहेको छ ।


ADVERTISEMENT


जर्सीको रङ भर्खरै अष्ट्रेलियाले भारविरुद्ध अष्ट्रेलियामै खेलेको एकदिवसीय सिरिजमा लगाएको जस्तै छ । डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियाले आफ्नो विश्वकप यात्रा अफगानिस्तानसंग जुन १ मा खेलेर गर्नेछ ।


ADVERTISEMENT

# # #


सन् २०१५ को विश्वकप जितेको अष्ट्रेलियाले आजसम्म (सन् १९८७, १९९९, २००३, २००७ र २०१५) पाँच पटक जितेको छ ।