लमजुङ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र गुट, उपगुट रहेसम्म कांग्रेस पहिलो दल बन्न नसक्ने बताएका छन्। प्रेस युनियन लमजुङले मंगलबार बेशीसहरमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले आफू गुट, उपगुट हटाएर सिंगो कांग्रेस बनाउन लागेको बताए।


ADVERTISEMENT


‘गुट, उपगुट नरहे मात्रै कांग्रेस पहिलो दल हुन्छ। कांग्रेसलाई पहिलो हुन कसैले रोक्दैन,’ उनले भने, ‘मेलमिलाप र एकताको बाटोमा हामी लाग्नुपर्छ।’ महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भ्रष्टाचार रोक्न नसकेको आरोप लगाए।


ADVERTISEMENT

# # #


‘महँगी र कर आकाश छुने गरी वृद्धि भइराखेका छन्,’ उनले भने, ‘वाइड बडीमा भएको भ्रष्टाचार पनि खोजी गरिएको छैन। किन ?’