काठमाडौँ – प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचनातयार भएको बताएका छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्लवको २१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानूननिर्माण र संरचना बनाइएको बताए। “समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,” उनले भने, “समृद्ध नेपालः सुखी नेपालीको सबै आधार तयार भएको छ ।”


ADVERTISEMENT

# # #


समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताए । “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गर्यौं, राष्ट्र एक ठाउँमा रह्यो,” उनले भने, “सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।”

धानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटकभएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,” उनले भने, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गरे । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दापनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन,” उनले भने, “हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।”