काठमाडौँ— ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका–६ मा यात्रुवाहक जीप दुर्घटना भएको छ । हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा१६च २२०७ नम्वरको जिप दुर्घटना भएको हो ।


ADVERTISEMENT


जिप सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ


ADVERTISEMENT

# # #


दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिप्रकाओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकलमा उपचार भइरहेको छ ।