काठमाडौं– कोका–कोला नेपालद्वारा आयोजित कोका–कोला मोःमोःउत्सवमा कलाकार द्वव प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँग मोःमोको मज्जा लिन सकिने भएको छ ।


ADVERTISEMENT


नयाँ वर्षको शुरुवात गर्न संचालनमा आएको कोका–कोलासँग मःमको मज्जा कार्यक्रमको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ । उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा यो कार्यक्रम संचालन भईरहेको छ ।


ADVERTISEMENT

# # #


प्रियंका र आयुष्मानको जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवमा साथ दिई रहेका छन् ।

प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी शुभचिंतक र शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरेका छन् ।


कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।

‘म कोका–कोला मोःमोःउत्सवमा विगत ३ वर्षदेखि लगातार सहभागी हुँदै आइरहेकी छु । यो मेरो लागि निश्चयनै सम्मानको कुरा हो । यस अभियानमार्फत मैले चिसो कोका–कोलाको साथ विभिन्न परिकारको स्वादिलो मःमको मज्जा लिन पाए ।’ प्रियंका कार्कीले भनिन्, ‘म अन्य आउटलेटहरु पनि भ्रमण गर्दैछु, तपाई सम्पूर्ण कोका–कोला र मःमः प्रेमीहरुलाई त्यही भेट्ने आशा राखेकी छु ।’