काठमाडौँ – जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलमा नेपाललाई ट्रफी घरमै राख्न डिफेण्डिङ च्याम्पियन रोक्नुपर्ने चुनौति छ ।


ADVERTISEMENT


यसअघि प्रतियोगिताको तीन पटक फाइनलमा स्थान बनाएपनि सँधै भारतसँग हार्दै आएको थियो । भारतको महिला साफमाथिको दबदबा तोड्ने अवसर पनि नेपालसामू हरेको छ । बिहीबार खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक राजु खड्काले भारतको दबदबा तोड्ने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


‘हाम्रो टिम सन्तुलन राम्रो छ । हामी भारतलाई हराउन सक्छौँ । भारतको बर्चश्वलाई तोड्न नेपाली खेलाडीको मनोबल उच्च रहेको छ ।’ उनले भने, ‘हामी कुनै पनि मूल्यमा उपाधि गुमाउन चाहन्नौँ । शुक्रबारको दिन नेपालको हुनेछ । हामी नयाँ इतिहास रच्नेछौं ।’ यस्तै नेपालकी कप्तान नीरु थपाले सबै खेलाडीमो मनोबल उच्च रहेकाले उपाधिका लागि डटेर खेल्ने बताइन् ।

यता भारतका प्रशिक्षक मायामोल नेदुगदनले पनि भारतको एउटै लक्ष्य उपाधि जित्ने रहेको बताइन् ।

चार महिनाअघि भएको ओलम्पिक छनोटमा भारत नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो । यसैगरी एक महिनाअघि भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपमा पनि नेपालले भारतलाई २-१ गोलले हराएको थियो ।

साफमा सफल राष्ट्र भारतले बुधबार भएको सेमिफाइनमा बंगलादेशमाथि जित निकाल्दा इन्दुमति काथिसानले २ तथा डालीमा चिबेत र मनिषाले १-१ गोल गरिन्। यता नेपालले श्रीलङ्कालाई ४-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जसमा नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए ।