हेटौंडा – पत्रकार ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।


ADVERTISEMENT


लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पत्रकार धमलालाई सम्मान गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाले आफ्ना कार्यक्रममा आर्थिक क्रान्ति किन भएन भनेर बहस सुरु गर्नुपर्ने धारणा राखेका थिए ।