काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग नडराउन निर्देशन दिएका छन् । विप्लव समूहले चन्दा आतंक मच्चाएर जनप्रतिनिधिलाई धम्की दिएको प्रति आक्रोश व्यक्त गर्दै नडराउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


नेपाल नगरपालिका संघको स्थापना दिवसमा बुधबार काठमाडौंमा आयोजि कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले विप्लव समूहलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताए । उनले राजनीतिका आडमा लुट्न नपाइने बताए ।


ADVERTISEMENT

# # #


‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, राजनीतिलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन’ प्रधानमन्त्री ओलीलले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

उाइमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए । उनले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरी जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए ।