विराटनगर – विराटनगरमा जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो खेलमा भारतले माल्दिभ्सविरुद्ध शानदार जित हात पारेको छ ।  विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० ले पराजित गर्दै सुखद सुरुवात गरेका हो ।


ADVERTISEMENT


भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमित्र तीन गोलको अग्रता बनाएको थियो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरिन् ।


ADVERTISEMENT

# # #


पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २-० मा पुर्‍याइन् । त्यसपछि भारतका लागि खेलको २३ औँ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३९० मा पुर्‍याएकी थिइन् ।

त्यसपछि भारतका लागि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४-० को अग्रता दिलाइन् । भारत यतिमै रोकिनेवाला थिएन । उसका लागि पहिलो हाफमा पाँचौ गोल रतन्वाला देवीले गरिन् । यस्तै खेलको ८९ औँ मिनेटमा सञ्जुले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौँ गोल थपेपछि भारतले फराकिलो जित निकालेको हो ।

मंगलबार भएको उद्घाटन खेलमा नेपाले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको छ ।