काठमाडौँ– मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आफ्ना सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बबरमहलस्थित केन्द्रीय कार्यालयमा आकस्मिक बसेको राजपा अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


राजपाका महासचिव केशव झाले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार सरकारलाई दिएको सर्मथन फिर्ता लिने राजपाले निर्णय गरेको छ । अन्य निर्णय गर्नका लागि बैठक जारी रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


बुधबार जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि जन्मकैदको फैसला सुनाएको हो ।