काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ६ दिने जिल्ला भ्रमणमा निस्कने भएका छन् ।


ADVERTISEMENT


सभापति देउवा फागुन २३ गतेदेखि २८ गतेसम्म जिल्ला भ्रमणमा निस्कन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा बिहीबार (भोलि) ११ बजे प्रदेश नम्बर १ को मोरङ जिल्ला प्रस्थान गर्ने छन् ।

त्यहाँबाट उनी कास्की, म्याग्दी, पर्वत र बागलुङ आयोजना हुने पार्टीका कार्यक्रममा सहभागि हुन पुग्नेछन् ।